काठमाडौँको प्युखा टोलमा २०२३, २७ जेठमा जन्मिएका नयनराज पाण्डे चर्चित नेपाली साहित्यकार हुन् । उनी नेपाली कथाकार, चलचित्रका पटकथा लेखक तथा समकालीन परिस्थितिलाई चित्रात्मक शैलीमा प्रस्तुत गर्ने प्रसिद्ध उपन्यासकार हुन् । उलार, लू, घामकिरी र सल्लीपिर उपन्यास उनका चर्चित उपन्यासमा पर्दछन् भने निदाएँ जगदम्बा, खोरभित्रको जोकर र चकलेट नामक कथासङ्ग्रह पनि चर्चित छन् ।
आफ्ना कृतिहरूमा रमाइलो पारामा गम्भीर विषय उठान गर्न खप्पिस आख्यानकार पाण्डे उत्कृष्ट लेखन शैलीका कारण भाषाका जादूगर मानिन्छन् । कथा लेखनमा उनी समकालीन परिदृश्यमा आफ्नो आक्रामक तेवरसहित सरल, शिल्प, छरितो भाषा र तीक्ष्ण व्यङ्ग्यचेतका कारण सर्वथा पृथक् देखिन्छन् । उनी सधै समाजका सीमान्तकृत ‘सबाल्टर्न’ पात्रहरूलाई केन्द्रमा राखेर लेख्छन् । आजीविकाका लागि तिनले गर्ने दुःखको वरिपरि उपन्यासको हृदय घुमिरहन्छ ।
Nayan Raj Pandey is a Nepali writer. He writes stories and novels, as well as screenplays for Nepali cinema. He is known for his representation of contemporary Nepalese society in his novels, presented in a figurative style. Ulaar, Loo, Ghamkiri, and Sallipir are Pandey’s most-liked novels. He received the Padmashree Sahitya Puraskar for his autobiographical book Yaar in 2017.
-
Jiyara | जियरा
Jiyara is a collection of 13 stories by renowned writer Nayanraj Pandey. The stories have combined reality and myth to tell the tales of political corruption, patriarchy and social injustice in Western Terai region of Nepal.
-
Yaar | यार
The book depicts the journey of the author from his youthful days to being an established Nepali writer. The book chronicles the memories of his days in media and literature. The book is dedicated to his wife and his friends.
-
Sallipir | सल्लीपिर
It tells the story of three generations of a family. As with Pandey’s other book, the major theme of this book is social realism. The book shows the life of Sherpa people of the mountainous region and their difficulties.
-
Ghamkiri | घामकिरी
यथार्थ र कल्पनाशीलताको अद्भुत फ्यूजनका लागि एकसाथ चर्चित र विवादास्पद मानिएको उपन्यास हो, घामकिरी| एक किशोर पात्रले आफ्ना सपना पछ्याउँदै गरेको मायानगरी मुम्बईसम्मको रोमाञ्चक यात्रालाई उपन्यासले आफ्नो विषयवस्तु बनाएको छ ।
-
Loo | लू
One of the successful novels published in Nepali language, Loo depicts the life sketch of people of the Terai and touches the issues of their poverty, discrimination and tortures they face. The plot of the novel is set in the Terai, southern plain of Nepal near the Indian border. The novel by Nayan Raj Pandey is about the subalterns who are being excluded by the mainstream political force.
-
Ular | उलार
मधेशमा गाडामा पछाडितिर मात्र बोझ एकत्रित भएर सन्तुलन नमिल्ने, प्रकृयालाई स्थानीय भाषामा उलार भन्ने गरिन्छ । उलार २०५३ सालमा पहिलोपल्ट तन्नेरी द्धैमासिक पत्रिकामा र २०५५ सालमा पुस्तकाकार रूपमा तन्नेरी प्रकाशनबाट प्रकाशित चर्चित नेपाली उपन्यास हो । यसमा एउटा निम्नवर्गीय मजदुर टाँगाचालकको घोडाको मृत्युपछिको वियोगान्त कथा चित्रण गरिएको छ।