-
Ular | उलार
मधेशमा गाडामा पछाडितिर मात्र बोझ एकत्रित भएर सन्तुलन नमिल्ने, प्रकृयालाई स्थानीय भाषामा उलार भन्ने गरिन्छ । उलार २०५३ सालमा पहिलोपल्ट तन्नेरी द्धैमासिक पत्रिकामा र २०५५ सालमा पुस्तकाकार रूपमा तन्नेरी प्रकाशनबाट प्रकाशित चर्चित नेपाली उपन्यास हो । यसमा एउटा निम्नवर्गीय मजदुर टाँगाचालकको घोडाको मृत्युपछिको वियोगान्त कथा चित्रण गरिएको छ।